राष्ट्रिय सभा बैठक मंगलबारलाई बोलाइयो

काठमाडौं । राष्ट्रिय सभाको बैठक मंगलबारका लागि डाकिएको छ ।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सूचना निकालेर राष्ट्रिय सभाको बैठक कातिक १४ गते मंगलबार अपारान्ह चार बजेर ४६ मिनेटमा बस्ने जानकारी गराएका छन् ।

यसअघि असोज ३० गते बस्ने तय भएको बैठक २९ गते स्थगित भएको थियो ।

स्थगित भएपछिको बैठक कातिक १४ गते बस्ने गरी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले तय गरेसँगै सूचना जारी भएको हो ।

ताजा समाचार

Related Articles