मकवानपुरमा भीरबाट लडेर वृद्धको मृत्यु

हेटौंडा। मकवानपुरमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका-३ बेसारघारी निवासी ७० वर्षीय वृद्ध गणेशबहादुर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार गणेशबहादुर आज दिउँसो २ बजे घर नजिकै रहेको भीरमा घाँस काट्न जाँदा लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ताजा समाचार

Related Articles