रानी साह,
८ चैत, रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालसम्म प्रधानमन्त्री हुने दौडमा आफु नरहेको जिकिर गर्नु भएको छ । वहाँले आफू २०८४ सम्म जनताकै साथमा रहने दोहोर्यानु भयो ।
हुलाकी राजमार्ग अभियानका क्रममा सुक्रबार बिरगन्जमा पत्रकारहरु सङ्ग कुरा गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाउनु भयो ।
प्रचण्डले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको हो भन्ने छाप बसेको बताउनु भयो
उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो ।
त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ,’ प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम गरिरहेको आरोप लगाउनु भयो ।
‘लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन । लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, तपाईंहरूलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनुभएको छ’ वहाको भनाइ छ ‘उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने भएको छ
प्रचण्डले सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीलाई लागु नहुने दाबी गर्नु भयो । सरकारमा हुँदा भ्रष्टचार बिरुद्दको आन्दोलन छेँडेको स्मरण गर्नु भयो । विकासको निम्ति गति दिने कुरामा हामीले सरकारमा हुँदा जोड दियेका थियौ र यो कार्य प्रतिपक्षमा हुँदा पनि निरन्तर रहने वहाँले बताउनु भयो । ।