काठमाडौं । नेपाल प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी घोटाला गर्ने सहायक निरीक्षक-असई दिलिप कार्की दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनलाई दोषी ठहर गरेकाे हाे ।
प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६ मा कार्कीले एक करोड ८ लाख ९९ हजार एक सय ८४ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो । तर, उनलाई हुन सजाय सुनाउन बाँकी छ।