काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बझाङमा भूकम्पबाट घाइते भएकाहरू ५ जना बालबालिका हुन् । घाइतेहरूको अवस्था सामान्य छ ।
आज बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएका थिए ।