अनसन थालेकी भारती सर्वोच्च अदालत परिसरमै ढलिन् 

काठमाडौं । रिगल भनिने योगराज ढकालको कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् ।

कैद मिनाह गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् । तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ ।

श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी छिन् ।

उनले आज बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत शुरु गरेकी छन् ।

ताजा समाचार

Related Articles