झापा । उत्तर सिक्किमको लोनाक ताल विस्फोटपछि टिस्टा नदीमा एक्कासी आएको बाढीमा भारतीय सेनाका २३ बढी जवान बेपत्ता भएका छन् ।
आज बुधबार बिहान साढे १ बजे अचानक आएको बाढीले सेनासँगै सेनाका शिविर र गाडी पनि बगाएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।
उक्त बाढीपछि टिस्टाको पानीको बहाव एक्कासी बढ्दा बंगाल–सिक्किमको सीमावर्ती क्षेत्र मल्ली आसपासको राष्ट्रिय राजमार्ग एनएच १० पनि बगाएको छ ।
सेनाका २३ सहित अन्य ७ जनालाई पनि बाढीले बेपत्ता बनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।