काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १५ हजार जनालाई सीपमूलक तालिम दिने बताएका छन् । सामाजिक सञ्जालमार्फत भिडिओ पोस्ट गर्दै शाहले यस्तो घोषणा गरेका हुन् ।
शाहका अनुसार सुरुमा महानगर क्षेत्रभित्र रहेका दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिको सूचीकरण गरिने छ । त्यसपछि अदक्षलाई दक्ष बनाउन सीपमूलक तालिम दिइने उनले बताए । काठमाडौंका १४ स्थानमा तालिम दिने महानगरको तयारी छ ।
शाहले भने, ‘तालिमप्राप्त जनशक्तिलाई महानगर क्षेत्रभित्र रहेका पूर्वाधार विकास, वातावरण विकास, सरसफाइ जस्ता विभिन्न कार्यमा लगाउन सक्छौं । अन्य सरकारी तथा निजी संघसंस्थामा आवद्ध गराउन सक्छौं ।’
श्रम बैंकमा दक्ष, अदक्ष र अर्धदक्ष सबैलाई समेटेर जब पोर्टल बनाउन खोजिएको शाहले बताएको छ ।