अशाेज २२ राैतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सुमित्रा आमात्यले स्थानीय सरकारलाई कर मुक्त होईन भ्रष्टाचार मुक्त बनाउन आग्रह गरेका छन । अख्तियार दुरुपयाेग अनुसन्धान कार्यालय हेटाैडा द्वारा राैतहटको चन्द्रनिगाहपुरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सरकारलाई कर तिर्नु नागरिकको कर्तव्य हो तर नागरिकलाई सरकारले दिने सेवा तथा विकास काममा आर्थिक लेनदेन गर्न गराउनु दुखद भएको बताए ।
सेवा प्रबाहमा हुने अतिरिक्त चलखेलका कारण सरकार प्रतिकाे जन विस्वास घट्नुकाे साथै विकास निर्माणको प्रकृया हुने आर्थिक चलखेलले कामको गुणस्तरियतामा ठुलो अषर परि रहेकाे वहाले बताए । स्थानिय सरकारलाई विश्वसनीय बनाउन नियमानुसार पार्दशि हुन उनले जोड दिएका छन ।
सो गाेष्ठिमा जिल्ला समन्वय समिति राैतहटका प्रमुख रामअयाेध्या राय यादवले आफनो अधिकार सिमित भए पनि जिल्लामा समन्वय सहकार्यमा आफुले कुनै कमिकमजोरी हुन नदिएको बताए । जिल्लामा सञ्चालनमा रहेका क्रसर उधोगको अनुगमन छिटै थालनी गर्ने प्रतिबद्धता गरेका छन । राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानिय सरकार प्रमुखसंग शिक्षा क्षेत्रमा राजनिती भन्दा पनि निश्पक्ष भएर काम गर्न जरुरी रहेको आग्रह गरेका छन । दलिय भावनालाई त्याग गरेर बिना पुर्वाग्रही हिसाबले शिक्षक सरुवा बढुवाको काम गरि कुनै विवाद नहुने दाबी गरेका छन । प्रजिअले भने जनताको सेवामा पहुच पुगेन भने विचाैलियाले अवसर पाउने छन । पराेहा नगरपालिकाका नगरप्रमुख शेख वकिलले स्थानीय सरकार जन्म देखि मृत्यु सम्मका प्रेसेसमा जनताकाे साथमा रहेकाे बताए ।
अख्तियार संग उनले सजाय गरेर, दण्डित गरेर, कार्वाही गरेर समस्याको सामाधान नखोज्न आग्रह गरेका छन कन्तमणी प्रसाद जयसवालले मैले ४हजार पेजको सुचना दिदा समेत बिरोधिको चित बुझेको छैन । सुचना दुख दिने नियतले माग्ने गरेको आरोप समेत लगाएका छन । कार्यक्रममा गाैर नगरपालिकाका नगर प्रमुख शम्भु साह जिज्ञासा डिपिआर योजना माग गर्दा स्वीकृत कार्यक्रमको डिपिआर बनाउदा त्यसमा अनियमितताकाे नजरले नहेर्नु पर्ने जिकिर गरे । वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद पटेलले राैतहटका पत्रकार र स्थानिय प्रशासन निश्पक्ष नरहेको गम्भीर आरोप लगाएका छन ।
पहिलेका जनप्रतिनिधि कराैडाै भ्रष्टाचार गर्दा कार्यवाही नभएको तर मेरो पालामा मात्र दस बारह कराेड कर्मचारीले पेश्की लिदा भ्रटाचार गरेको अख्तियारले आरोप लगाउनु कतिको न्यायोचित हो प्रश्न गरेका छन । दुर्गा भगवति गाउपालिका अधङशम्भु सिहले सरस्वती माध्यमिक विधालय भ्रष्टाचारकाे अखाडा बनेकाेमा त्यस तर्फअख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ध्यानाकर्षण गर्न आग्रह गरेका छन । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख नरहरी धिमिरे टंगालका सह सचिव पार्वती शर्माले राैतहटबाट परेका उजुरी तथा सादाचार प्रवर्द्धनका लागि भए गरिएको प्रयासलाई समेत समेटेर तयार गरिएको जानकारी मुलक कार्य पत्र प्रस्तुत गरेका थिए।
Enter