मणिपालका डाक्टरलाई कुटेको आरोपमा २ जना कारागार चलान, ७ जना धरौटीमा रिहा

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि आक्रमण र तोडफोड गरेको आरोपमा पक्राउ परेका दुई जना काराकार चलान भएका छन् ।

अस्पतालमा तोडफोड भएकै दिन गत असोज ८ पक्राउ परेका विनय गुरुङ र असोज १२ गते पक्राउ परेका छावा भनिने सुशील कार्की पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

पक्राउ परेका बाँकी ७ जना भने १/१ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

न्यायाधीश ध्रुवकुमार पियाको इजलासले २ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने र बाँकी ७ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

ताजा समाचार

Related Articles