दार्चुला। दार्चुलाको दुहु गाउँपालिका-१ बास्पालीमा घाँस काट्ने क्रममा ढुंगाले लागेर एक महिलाको ज्यान गएको छ ।
आइतबार दिउँसो घाँस काट्ने क्रममा रातापोड भन्ने ठाउँमा भिरमाथिबाट खसेको ढुंगा टाउकोमा लागेर जयमती गम्भीर घाइते भएकी थिइन् ।
घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा आइतबार साँझ नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।