काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले आफू दोस्रोपटक नेपाल आएको भन्दै यो देशको संस्कृति, सभ्यता र आतिथ्यले आफूलाई सधैं मोहित पारेको बताएका छन् ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले आफू यसअघि सन् १९७८ मा पहिलो पटक नेपालमा आएको क्षणको स्मरणसमेत गरे ।
उनले नेपाल आफ्नो लागि सधैं उत्कृष्ट गन्तव्य रहेको बताउँदै लुम्बिनीबाट यसले शान्तिको सन्देश दिएको बताए ।