सेनाप्रति घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ परे

काठमाडौँ। नेपाली सेनाविरूद्ध घृणा फैलाएको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ।

झापाको दमक नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय डिल्लीराम खनाललाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । खनाललाई सोमबार पक्राउ गरिएको थियो।

उनले सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्युरोलाई पत्र लेखेको थियो।

सोही पत्रको आधारमा खनाललाई पक्राउ गरिएको हो। खनाल यसअघि पनि कलाकार करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा पनि पक्राउ परेर धरौटीमा छुटेका थिए।

उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुरमा थप अनुसन्‍धानको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिसकेको छ।

ताजा समाचार

Related Articles