डा. कोइरालाको आक्रोश: प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले कांग्रेसका मन्त्रीले काम गर्न सकेनन् 

पोखरा। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले कांग्रेसका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न नसकेको दाबी गरेका छन् ।

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को सम्मेलनलाई सम्बोधन गर्दै डा. कोइरालाले कांग्रेसकै मन्त्रीहरूको कामप्रति गुनासो गरे ।

कोशी प्रदेशमा कांग्रेसका नेताहरूले नै माओवादीसामु गएर तिम्रै पार्टीको मान्छेलाई मुख्यमन्त्री बनाउ भनेकाले नयाँ राजनीतिक अवस्था सिर्जना भएको उनले बताए ।

उनले भने, ‘कांग्रेसकै नेताले मुख्यमन्त्री माओवादीलाई दिने कुरा कसरी मान्न सकिन्छ ? कोशीमा नयाँ एक्सपेरिमेन्ट हो । हेरौं कसरी अगाडि बढ्छ ?’

ताजा समाचार

Related Articles