काठमाडौं। गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ । मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका उपसचिव विश्वामित्र कुइँकेल बझाङको प्रमुख जिल्ला अधिकारी बनेका छन् । यस्तै ११ जिल्लाका सिडिओ समेत फेरिएका छन् ।