काठमाडौँ । सर्वोच्च अदालतले संविधान दिवसको अवसरमा राष्ट्रपतिले योगराज ढकाल (रिगल)लाई दिएको आममाफी बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी श्रीमती भारती मानन्धर (शेर्पा)ले आफूलाई थप सासह प्राप्त भएको गुनासो गरेकी छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरु आएपनि अन्ततः न्याय पाएको बताइन् । उनले कुनैपनि लोभ लालचमा नलागीकन सबैले आफूलाई सहयोग गरेकाले न्याय मिलेको बताइन् । उनले अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा गरेको बताइन् ।
उनले भनिन्, ‘बीचमा धेरै बाधाहरु आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए । अन्यायमा परेको महिलालाई बाटो दे, अरु महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलागि लाग्नुभयो । पीडा नपरेको मान्छेलाई हो मा हो भन्ने तर साथ नदिने रहेछन् । म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ ।’