आरती शाहको परिवारलाई वार्तामा आउन गृह मन्त्रालयको आग्रह

काठमाडौं । धनुषामा मृत अवस्थामा फेला परेकी आरती शाहको परिवारलाई गृह मन्त्रालयले वार्तामा आउन आग्रह गरेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वकीय सचिव विजय गौतम सोमबार संवादका लागि आग्रह गर्न माइतीघर मण्डलास्थित धर्नास्थलमा पुगेका हुन् ।

आरती शाहको धनुषामा मृत्यु भएको थियो । मृत्यु शंकास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्का सहितका प्रहरी अधिकृतहरुले कुटपिट गरेको पीडित परिवारले दाबी गरेका छन् ।

खड्का सहितका प्रहरी अधिकृतहरुलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै शाहका बुवा र आमासहित परिवारका सदस्यहरु १ सय ४४ दिनदेखि काठमाडौंमा धर्ना बसिरहेका छन् । यसबारे प्रहरीका डिआईजी विकाशराज खनाल नेतृत्वका टिमले छानबिन गरिरहेको छ ।

ताजा समाचार

Related Articles