नेकपा माओबादी केन्द्र जिल्ला सचिवालयको बिस्तारिक बैठक सम्पन्न

रौतहट । नेकपा मा ओबादी केन्द्र जिल्ला सचिवालयको बिस्तारिक बैठक सम्पन्न भएको छ। सचिवालयको बिस्तारित बैठक जिल्ला इन्चार्ज क.क्षेत्र बहादुर श्रेष्ठ अनिलको अध्यक्षता र पार्टी सचीव तथा मधेश प्रदेश समितिको इन्चार्ज क. लीलामणि पोख्रेलको प्रमुख आतिथ्यमा रौतहटको गरुडामा सम्पन्न भएको छ।

बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि जनयुद्ध ,जनआन्दोलन तथा विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्नु हुने वीर सहिद हरुप्रती एक मिनेट भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पार्टी केन्द्रको कार्तिक १३,१८र १९ गतेको परिपत्र बाचन भएको महिला नेत्री देवकी नेपालले मालिनी खबर सङ कुरा गर्दै बताउनु भएको छ ।

बैठकले सबै गाउँ / नगर समिति इन्चार्ज र अध्यक्षहरुबाट अभियानमा भएको संभावना र चुनौती सम्बन्धि रिपोर्टिङ गर्दै रिपोर्टमा उठेका ,बर्तमान राजनीतिक अवस्था ,सरकारको काम र अन्तर्राष्ट्रिय राजनीतिक अवस्था बारे जानकारी गराउदै भाबी अभियानको योजनालाई कार्यान्वयन गर्न दिशा निर्देश भएको नेत्री नेपालले बताउनु भयो।आगामी योजना – सबै पालिकाहरुको समिक्षा बैठक ,सदस्यता नवीकरण गर्ने,जाजरकोट र पश्चिम रुकुमका भुकम्प पिडितहरुको राहत स्वरूप रु१ लाख सहयोग गर्ने निर्णय भएको छ ।

ताजा समाचार

Related Articles