चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्छन्: ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् ।

आज काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने र त्यसबारे केही भन्नु नभएको बताए ।

तर नेपालमा जनताले राजतन्त्र काम लाग्दैन भनेर फालेको भन्दै ओलीले भने, ‘कठैबरी, नागरिक सर्वोच्ता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र ? त्यो त मूर्खता हो ।’

नेपालमा राजतन्त्रले दुःख दिने बाहेक केही नगरेको उनले बताए । ‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन्’ एमाले अध्यक्ष ओलीले भने, ‘त्यस्तो बेलामा युवा संघले देश संकटमा परेको बेला काँध थाप्ने हामी छौं है भनेर बोल्यो, धन्यवाद छ ।’

ताजा समाचार

Related Articles