काठमाडौं । त्रिभुवन विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको विमान पुन: काठमाडौं फर्काइएको छ । प्राविधिक समस्या देखिएपछि नारायणघाटमाथिको आकाशबाट विमान डाइभर्ट गरिएको बताइएको छ ।
एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु थिए । काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको हो ।
आज उडान नहुने भएपछि यात्रुहरूलाई होटलमा लगिएको जनाइएको छ ।