काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधव नेपालले आफ्नो पार्टी सकिन्छ भन्दै केही शक्तिहरुले भ्रम फैलाइरहेको आरोप लगाएका छन् ।
कर्णाली प्रदेश राजधानी सुर्खेतमा पार्टीको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी पार्टी सकिन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे ।
नेपालले भने, ‘राजनीति कोर्ष परिवर्तनमा हाम्रो पार्टीको ठूलो भूमिका छ । पछिल्लो समय हाम्रो पार्टीका विरुद्ध केही भ्रम फैलाइरहेको पाइन्छ । हाम्रो पार्टी सकिन्छ, पार्टी बन्दैन जस्ता निराशा पोख्ने काम भइरहेका छन् । हाम्रो पार्टी बनिसक्यो। विरोधिले भने जस्तै गरी सकिँदैन ।’
समाजवादी पार्टी छोड्ने भन्दा आउने मान्छेहरू धेरै रहेको दाबी गरे । उनले राजनीति कोर्ष परिवर्तनमा पार्टीहरुको ठूलो भूमिका रहने बताए ।
राजतन्त्र इतिहास भइसकेको दाबी गर्दै कसैले ल्याउँछु भन्नु कल्पना मात्रै भएको उनको भनाइ छ ।