बर्दियामा ३० हजार रुपैयाँ घुससहित सई पक्राउ

काठमाण्डाै। बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।

आयोगले प्रहरी नायब निरीक्षक साउदले लागुऔषधको मुद्दा मिलाइदिने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको नेपालगञ्जबाट गएको टोलीले पक्राउ गरेको हो ।

आयोगले साउदलाई ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय मैनापोखरबाट आज पक्राउ गरेको हो ।

साउदमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

ताजा समाचार

Related Articles