काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारमा भेटघाट भएको छ। आज अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगेका हुन्।
मध्यपहाडी लोकमार्ग पदयात्रामा निस्कनुअघि सिंहदरबार पुगेका ओली र प्रधानमन्त्रीबीच प्रधानमन्त्री कार्यालयमा भेटघाट भइरहेको छ ।
ओली-प्रचण्ड भेटमा संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगो, गणतन्त्रविरोधी पछिल्ला आन्दोलन र गतिविधिलगायत समसामयिक घटनाक्रममा छलफल भएको छ ।