काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले रास्वपा नफुट्ने बताएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत् आफूहरूले पार्टी फुट्न नदिने दाबी गरेकी हुन्।
रास्वपाकाे केन्द्रीय सदस्यसमेत रहेकी कार्कीले ८४ सालमा घण्टी बज्ने दाबीसमेत गरेकी छन्।
उनले रास्वपाकाे अभियानमा जुट्न सबैलाई अनुराेधसमेत गरेकी छन्।
कार्कीले फेसबुकमा लेखेकी छन्, ‘के रे के रे? फुट्ने रे? कल्पना पनि नगर्नूस्, हुँदैन। हामी त्यसो हुनै दिँदैनम्। साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने! चौरासी त हुन्छ हुन्छ! हुनैपर्छ। जनताले देश भित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्छ। साना दौडमा हिँड्या होइनौं, देश बनाउन हिँड्या हौं, देश बनाउन! ठूलो छाती, ठूलो मुटु लिएर हिँड्या छौं। त्यसैले कोसिस नगर्नूस्, सक्नुहुन्न! घण्टी त बज्छ बज्छ। चौरासीमै बज्छ। बरु आउनुस् तपाईंहरू पनि यो महाअभियानमा नछुट्नुस्। विधिको शासन? ए ए, सबैले आ-आफ्नै व्याख्या प्रतिव्यख्या गर्नुभएछ! विधिको शासन देश मै छैन हजुर! सरकारमै छैन। स्वास्थ्य मन्त्रीको हर्कतमा छैन। न्यायलयमै छैन! निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाँड्छौं।’