काठमाडौं । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने नाराका साथ आज दसौं विश्व माटो दिवस मनाइँदै छ । विभिन्न जिल्लाबाट ३ हजार ४ सय ७५ वटा माटोको नमुनाहरू सङ्कलन गरिएको छ ।
‘विश्व माटो दिवस २०२३’ सो अवसरमा माटोमध्ये उत्कृष्ट तथा मलिलो माटोको २ जना किसानलाई सम्मान गरिने माटो विज्ञान अनुसन्धान केन्द्रले जनाएको छ ।
नेपाली माटोमा भू–क्षय, अम्लीयपन, माटो बगेर जानु, विषादीको प्रयोगले माटो कडापन हुनु, माटोमा केही मात्रामा प्रदूषण हुनु, कृषि यन्त्रको प्रयोगले माटोको संरचना बिग्रिनु लगायत समस्या रहेको बताइएको छ ।