आरती साहका श्रीमानलाई थुना पठाउन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले आज श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो ।

यस्तै आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको छ । यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

उनीहरू दुवै जना हाल थुनाबाहिर थिए । यसअघि आरती साहको परिवार न्यायको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेको थियो ।

ताजा समाचार

Related Articles