भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित

काठमाडौं। जाडोयाम सुरु भएसंगै हुस्सुले भिजिविलिटी (पारदर्शिता) कम भएपछि आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको छ । जहाज उडानका लागि आवश्यक पर्ने भिजिविलिटि हुँदा विहानैदेखि देशका ४ वटा विमानस्थलको उडान प्रभावित भएको छ ।

पोखरा, विराटनगर, भैरहवा र जनकपुरमा कम भिजिविलिटीका कारण उडान प्रभावित भएको हो । जाडोको समयमा हुस्सु लाग्ने हुँदा जाडोयाम सुरु भएसंगै यी विमानस्थलमा हवाई उडान प्रभावित हुने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हुँदै गएपछि हुस्सरकुहिरो हटेर मौसम सफा हुने छ।

ताजा समाचार

Related Articles