काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन इतर पक्षको बैठक बोलाएका छन् । कोइरालाले आगामी मंगलबार दिउँसो १ गतेका लागि आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।
बैठकमा आफू पक्षीय केन्द्रीय सदस्य, प्रतिनिधि र राष्ट्रियसभा सांसद, प्रदेश सभापति लगायतलाई बोलाइएको बताइएको छ ।
आसन्न महामिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने बुझिएको छ ।