सवारी दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु

कास्कीमा सवारी दुर्घटनामा परी  गम्भीर घाइते भएकी दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा बस्‍ने २३ वर्षीया अनिशा खड्का र पोखरा महानगरपालिका-५ जिरो बस्‍ने २४ वर्षीया भावना बराल रहेको अस्पतालले जनाएको छ ।

आइतबार पोखराबाट तालचोक जाँदै गरेको बाएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आएको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।

घाइते उनीहरूलाई उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा पठाएको थियो। उनीहरूको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ठक्कर दिने कार चालकलाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles