नयाँ वर्षमा गृहमन्त्री लामिछानेले बाँडे प्रहरी, कर्मचारी र सर्वसाधारणलाई मिठाइ

१ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नयाँ वर्ष २०८१ को अवसरमा प्रहरी, कर्मचारी र सर्वसाधारणलाई मिठाइ बाँडेका छन् ।

शनिबार विहान थापाथलीको सडकमा उनले प्रहरी कर्मचारी र सर्वसाधारण सँग नयाँ वर्षको खुशियाली साटासाट गर्ने क्रममा मिठाइ बाँडेका हुन् । पैदल हिँडेका र सवारी साधनमा यात्रा गरिरहेकाहरुलाई उनले मिठाइ दिँदै शुभकामना आदानप्रदान गरे ।

‘गृह मन्त्रालय सम्हालेको हिसाबले पनि आफ्नो परिवारसँग नयाँ वर्ष सरुवात गरौं, उहाँहरुलाई हौसला प्रदान गरौं, त्यो सँगसँगै आम नागरिक पनि हाम्रो परिवार नै हो, उहाँहरुलाई शुभकामना दिऔं भनेर गरिएको हो’, उनले भने ।

उपप्रधानमन्त्री लामिछानेले सुरक्षाको प्रत्याभूति गर्दै रातिको समयमा पनि शहर चलायमान बनाउने बताएका छन् ।

ताजा समाचार

Related Articles