प्रधानमन्त्रीलाई विश्वासको मत

काठमाडौँ, ७ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत परेको छ । आज बसेको संघीय संसद प्रतिनिधीसभाको बैठकबाट यो चौथोपटक बिस्वासको मत लिनु भएको हो । जनता समाजबादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिये पछि प्रधानमन्त्रीले बिस्वासको मत लिनु परेको हो। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अबस्थामा ३० दिनभित्र प्रधानमन्त्रीले बिस्वासको मत लिनु पर्ने संबैधानिक प्राबधान छ ।
–––

ताजा समाचार

Related Articles