जेठ २९ ,रौतहट । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापा विरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दर्ता भएको छ ।भरत ताल निर्माणमा अनियमितता गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापा सहित ६ जना बिरुद्द विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको हो। थापा माथी भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँँ अनियमितता गरेको आरोप छ । यस अघि चैत २८ मा अख्तियारले ५ करोड ३३ लाख रुपैयाँँ अबैधानिक तरिकाले कमाएको दाबी गर्दै थापा बिरुद्द मुद्दा दायर थियो।