मधेस प्रदेश सरकारका उधोग, बाणिज्य तथा पर्यटन मन्त्री माननिय युवराज भट्टराई (समिर) ले बाराको जितपुरसिमरा -१४ मा सिमरा उपमहानगरपालिकाबाट प्रस्ताबित जनयुद्द ,जनाआन्दोलन,मधेश आन्दोलनमा साहदत प्राप्त गर्नुहुने सहिदहरुको सम्झनामा प्रस्तावित ४३ करोडको लागतको सहिद पार्क पालिका र प्रदेश सरकारको संयुुक्त लगानिमा एसै आर्थिक बर्षबाट निर्माण सुरु हुने बताउनु भएको छ । मन्त्रालयको योजनाहरु अनुगमनका साथै बाराको विभिन्न धार्मिक ,सास्कृतिक पर्यटनको सम्भावना बोकेको ठाउँहरुको अबलोकन गर्न हिजो बारा पुग्नु भएका वहाँले एस्तो बताउनु भएको हो।
यसै बर्षको मङ्सिरमा परेको हरेक ५ बर्षमा आयोजना हुने गढिमाई मेलालाई सफल पार्न मन्त्रालयले बजेट ब्यवस्थापन गरेको कोल्बी,करैयामाई,महागढिमाई ,जितपुरसिमरा उपमहानगरपालिका सहितका विभिन्न स्रोतहरुबाट प्रस्तावित योजना आ.ब.२०८१/०८२ को बजेटमा समेटिएको र छुटेका योजनाहरु समेत यसैबर्ष भित्र समेटने प्रतिबद्धता व्यक्त गर्नुभयो । जीतपुरसिमरा उपमहानगर-१५ स्थित निर्माणाधिन सहिद कृष्णबासु स्मृतिपार्क,श्री कृष्ण मन्दिर, शिव मन्दिर, राधाकृस्ण सामुदायिक बन, थानिमाई सामुदायिक बनबाट प्रस्तावित योजनाहरु साथै जीतपुरसिमरा उपमहानगरको प्रस्तावित रणनीतिक महत्त्वका पर्यटन सम्बन्धि योजनाहरु यसै बर्ष कार्यान्वयन हुने बताउनुभयो। निर्माण ,समन्वय र सहकार्यका लागी माननीय कृष्णकुमार श्रेष्ठ ,नगर प्रमुख राजन पौडेल , भोलाप्रसाद अधिकारी, नेकपा माओबादि-केन्द्र बारा जिल्ला ईन्चार्ज अनिल श्रेष्ठ , उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा , विभिन्न वडाका अध्यक्ष लगायत सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दै युवा नेतृत्वबाट मात्रै परिवर्तन संभव छ भन्ने सन्देश छोडेर जितपुरसिमरा उपमहानगरपालिका र बारा जिल्लाका थप पर्यटकीय गन्तव्यहरु पर्सा राष्ट्रिय निकुञ्ज ,पथलैया औद्योगिक करिडोरको भ्रमण र थप योजनाहरु निर्माणका लागी भौतिक योजना मन्त्री ,अर्थमन्त्री सहित आफू पुनः चाडैं आउने प्रतिबद्धता पनि जनाउनु भयो ।