सर्बोच्चको निर्णयले माओबादीको कदममा अन्कुश

सर्बोच्च अदालतको निर्णयले माओबादीको कदम माथी अन्कुश लगाइदिएको छ ।माओबादी केन्द्रले पार्टीको व्हिप नमानेर फ्लोर क्रस गर्दै काङ्ग्रेसका सांसदलाई मुख्री मन्त्रीमा भोट हालेर बहुमत दिलाएको भन्दै सांसद फडिन्द्र देबकोटालाइ कार्बाही गरेको थियो। देवकोटा गत प्रदेश सभा निर्वाचनमा माओबादी केन्द्रको चुनाब चिन्ह लिएर गोर्खा २ बाट चुनाब जितेका थिये। आफ्नो चुनाब चिन्हबाट जितेको उम्मेदवार आफ्नो सांसद भएको र दलले जारी गरेको व्हिप उल्लंघन गर्न नहुने माओबादीको जिकिर छ । सर्बोच्च अदालतले देबकोटाको पक्षमा अन्तरिम आदेश जारी गरे पछि उनको पद जोगिएको छ ।न्यायाधीस प्रकाशमान सिंह राउतको इजलासले देबकोटाको पक्षमा आदेश सुनाएको हो । उनले माओबादीकेन्द्रको कार्बाही बिरुद्द गत असार ६ गते सर्बोच्चमा रिट दाएर गरेका थिये। आफू नेपाल समाजबादीको सांसद रहेको दाबी गर्दै माओबादीले कार्बाही गर्न नसक्ने उल्लेख गरेका थिये ।

ताजा समाचार

Related Articles