असार १० रौतहट । मौलापुर नगरपालिकाको आठौं बजेट अधिबेशनको तयारी पूरा भएको छ । बिहान ११ बजे रौतहट क्षेत्र नं ३ का संघीय सांसद तथा आम जनता पार्टीका केन्दृय अध्यक्ष प्रभु साह बाट बजेट अधिबेशनको उद्घाटन हुनेछ । उत्पादनमा वृद्धि ,मौलापुरको समृद्धि नाराका साथ सुरु हुन लागेको नगरसभामा मौलापुर नगरपालिकाले येस पटक पुर्ण कर मुक्त नगरपालिका घोषणा गर्नेछ।