मौलापुर नगरपालिकाले चालु आब २०८१/८२ को लागि ३९ करोड रुपैयाँँको बजेट प्रस्तुत गरेको छ ।मौलापुर नगरपालिकाको नगरसभाको नवौं अधिवेशन तथा आठौं बजेट अधिवेशनमा
नगर उपप्रमुख नागेन्द्र प्रसाद यादवले आव २०८१/८२ निति तथा कार्यक्रममा सो रकमको बजेट प्रस्तुत
गर्नु भएको हो । बजेट मुख्यतय शुन्यकर नीति आधारित छ । चालू खर्च तर्फ २४ करोड बजेट छुट्याइएको छ भने पुँजीगत तर्फ १५ करोड बजेट बिनियोजन गरियोएको मौलापुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राम बाबू प्रसाद साहले बताउनु भयो।