११ असार, काठमाडौं । सडक बिभागले काठमाडौंको मूल शहरी सडक छेउका पोलहरुमा सेतो रंग पोतेर ‘स. वि.’ लेखेर आफ्नो क्षेत्रधिकार छुट्टयाइएको छ। सडक बिभाग र काठमाडौं महानगरपालिका बिच सडक निर्माण देखि ,मर्मत सम्भार लाई लिएर सधैं किचलो हुन थाले पछि सडक बिभागले आफ्नो क्षेेत्रधहिकार छुट्टयाइएको हो । सडक बिग्रीए भत्किए आम सर्बसाधारणले सडक बिभागलाइ गाली गर्ने र राम्रो भए काठमाडौं महानगरपालिकालाइ जस दिने गरेको सडक डिभिजन कार्यलयका प्रमुख नारायणदत्त बताउनु हुन्छ।वहाँका अनुसार जनतालाइ सडक बिभाग मातहतका सडक कुन कुन हुन भन्ने थाह दिन स.बि. लेखिएको हो, यो लेखे पछि सडक बिग्रेको र बनेको जस अपजस सडक बिभागले नै पाउछ ।।काठमाडौं महानगरपालिकाले सडक विभाग अन्तर्गतको सडक बिग्रँदा र समयमै मर्मत नहुँदा आफूमाथि अपजस आएको दाबी गर्दै आएको छ । येस्तो बिबाद सुल्झाउन सडक बिभाग अन्तर्गत सडक डिभिजन कार्यलय काठमाडौंले येस्तो कार्य गरेको हो ।
‘