१३ असार, रौतहट प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन सहमत भएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको विधेयकलाई अगाडि बढाउने सहमति भएको छ । ‘जहाँ पुगेको छ, त्यहीबाट सम्वाद सुरु गर्ने भन्ने भएको छ’, एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘छिटो गरौं भन्ने छ ।’
प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन विधेयकका विवादित विषयमा छलफल गरी उपसमितिले अधिकांश विषयमा सहमति जुटाएको छ । समितिले शीर्ष सहमति खोजेको विषयमा पनि प्रमुख दलहरु सहमति नजिक पुगेका थिए । तर त्यही बेला सत्ता गठबन्धन फेरिएपछि यो विषयले प्राथमिकता पाएन ।