प्रधानमन्त्री प्रचण्डले आगामी २८ गते, शुक्रबार संसदबाट बिस्वासको मत लिनुहुने भएको छ । संसदबाट बिस्वासको मत लिने प्रयोजनका निम्ति संसद सचिवालयलाई प्रधानमन्त्रीले पत्र मार्फत यो सुचना पठाउनु भएको हो । सत्ता साझेदार दल एमाले प्रचण्ड सरकारको साथ छोडेर नेपाली कांग्रेससंग सरकार बनाउने सम्झौता गरेको थियो । यो सम्झौता संगै एमालेले प्रचण्ड सरकारलाइ दिएको समर्थन फिर्ता लिदै सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ पनि फिर्ता बोलाइसकेको छ । यो सङ्गै प्रचण्ड सरकार अल्पमतमा परेको छ तर प्रधानमन्त्री प्रचण्डले संबैधानिक अधिकार प्रयोग गर्दै तत्काल राजीनामा नदि ३० दिन भित्र बिस्वासको मत लिने निर्णय गर्नु भएको थियो । येसै अनुरुप आज बिस्वासको मत मिति फिक्स गरिएको हो। ।