रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ६ शान्तिनगरमा डिप ट्युबवेल शिलान्यास

रानी साह रौतहट ।
भदौँ १५ गते , शनिबार । मधेश प्रदेश सरकारका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य माननीय युवराज भट्टराई (समीर) ले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ६ स्थित शान्तिनगरमा डिप ट्युबवेल शिलान्यास गर्नुभएको छ। मधेश प्रदेशको तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत शिलान्यास गरिएको उक्त डिप ट्युबवेलले शान्तिनगरको करिब चार सय घरधुरीलाई सिँचाइमा सहयोग पुग्नेछ। शिलान्यास कार्यक्रममा वाड वाड नम्बर ६ वाड अध्यक्ष सहदेब केसि स्थानीय जनताको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री भट्टराईले तराई मधेश समृद्धि कार्यक्रममार्फत मधेशको कृषि र आर्थिक क्षेत्रमा विकास गर्नेतर्फ प्रदेश सरकारको निरन्तर प्रयास रहने कुरा बताउनुभयो। उहाँले डिप ट्युबवेलको निर्माणबाट यहाँका किसानहरूले अब भरपर्दो सिँचाइ सुविधा पाउने भएकाले यसले कृषि उत्पादन वृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।शिलान्यास कार्यक्रममा स्थानीय नेताहरू, बुद्धिजीवी, प्रशासनका प्रतिनिधिहरू र सञ्चारकर्मीहरू समेत उपस्थित थिए। विभिन्न पार्टीका नेता कार्यकर्ताहरूले विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा उपस्थित एक स्थानीय बासिन्दाले भने, “यो ट्युबवेल हाम्रो लागि वरदान सावित हुनेछ। हामी लामो समयदेखि सिँचाइको समस्या झेल्दै आएका थियौं। अब यो समस्या समाधान हुने देखियो।” डिप ट्युबवेलको निर्माण पछि स्थानीय किसानहरूले धान, गहुँ, मकै लगायत अन्य बालीको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ। कृषिप्रधान तराई मधेशमा सिँचाइ सुविधाको अभावका कारण विगतका वर्षहरूमा उत्पादनमा कमी आएको र आर्थिक अवस्था कमजोर भएको स्थानीयहरूले बताए। यो परियोजनाले कृषिमा आधुनिकीकरणको मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ। डिप ट्युबवेलको निर्माण कार्य चाँडै सम्पन्न गरी स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन कार्यप्रविधि तीव्र पार्ने प्रतिवद्धता प्रदेश सरकारको रहेको छ। यो परियोजना सम्पन्न भएपछि मधेश प्रदेशको समृद्धिको यात्रामा एक कदम अगाडि बढ्न सकिने विश्वास गरिएको छ। माननीय भट्टराईले यस प्रकारका परियोजनाहरूले स्थानीय तहमा रोजगारीका अवसरहरू पनि सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने बताउँदै यस्ता परियोजनामा स्थानीय जनताको सहयोग र सहभागिता महत्वपूर्ण हुने बताए। यस परियोजनाले तराई मधेशको कृषि उत्पादन र आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ।

ताजा समाचार

Related Articles