प्रदिप कुमार दास, रौतहट ।
असोज ०२ गते ,बुधवार ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित कर्कचको दुर्गा मन्दिर परिसरमा रहेको पोखरीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। मृतक युवक १८ वर्षीय धर्मेन्द्र पन्डित हुन्, जो राम ज्योति पन्डितका छोरा थिए। ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका अनुसार धर्मेन्द्र मंगलबारदेखि बेपत्ता थिए।
स्थानीय बासिन्दाले उनको शव पोखरीमा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरीले बताएअनुसार धर्मेन्द्रको मानसिक अवस्था ठीक थिएन र उनी सुस्त मनस्थिति भएका व्यक्ति थिए। उनले हप्तामा एकपटक छारे रोगले सताउँथ्यो, जसले गर्दा उनको स्वास्थ्य अवस्था झनै जटिल बनेको थियो।
मंगलबारको दिन उनी घरबाट घुम्न निस्किएका थिए।स्थानीयहरुले भनेका छन् कि धर्मेन्द्र पोखरीतिर घुम्ने क्रममा घासमा लडेर पोखरीमा खसेका थिए। प्रहरीको प्रारम्भिक अनुमानअनुसार पोखरीमा खस्दा छारे रोगको आक्रमण हुनाले उनी डुबेका हुन सक्छन्। घटना स्थलमा पुगेको प्रहरी टोलीले मृतकको शवलाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको जानकारी दिएको छ।
यस घटनाले स्थानीयबासीलाई निकै मर्माहित बनाएको छ। धर्मेन्द्रको मृत्युले परिवार र समाजमा ठूलो क्षति पुर्याएको छ। मानसिक स्वास्थ्य र छारे रोग जस्ता समस्याहरुलाई बेलैमा चिन्ने र आवश्यक उपचार गराउने चेतना अभिवृद्धि गर्न आवश्यक रहेको यो घटनाले देखाएको छ। स्थानीय समुदाय र स्वास्थ्य सम्बन्धी निकायले यस्ता घटनाहरुको पुनरावृत्ति रोक्न सजगता अपनाउनु पर्ने देखिएको छ।
धर्मेन्द्र पन्डितको यस दुखद निधनको कारण के हो भनेर थप अनुसन्धान भइरहेको छ। प्रहरी र स्वास्थ्यकर्मीहरुले घटनाको विस्तृत अनुसन्धान र पोस्टमार्टम रिपोर्टपछि मात्रै घटनाको वास्तविक कारण पत्ता लगाउन सक्नेछन्।