हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रामजी साह दोस्रो पटक निर्वााचित


रमेश कुमार यादब
असोज २७,रौतहट


हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राम जी साह सोनार चयन हुनु भएका छन । संस्थाको १४ औं साधारण सभा तथा चौथो अधिवेशनको अवसर पारी ११ सदस्यीय नयाँ कार्यसमिति गठन समेत गरिएको छ । साधारण सभामा सदस्यहरूको पूर्ण उपस्थितिमा विभिन्न एजेण्डाहरूमा छलफल गरिनुका साथै संस्थाको भविष्य र योजनाहरूको विषयमा विस्तृत समीक्षा गरिएको थियो ।

यस संस्थाको संचालक समितिको अवधि ३ बर्ष पुरा भई समाप्त भएकोमा अबको नयाँ संचालक समिति अगामि ३ बर्षको कार्य अवधि हुने गरि संचालक समितिमा साहलाई चयन गरिएको हो । सोहि अनुरुप अगामि ३ बर्षको अवधि हुने गरि उक्त साधारण सभाबाट कर्मठ, इमानदार र लगनशील युवा नेता रामजी साह सोनारलाई दोस्रो पटक पुनः अध्यक्ष पदमा निर्वाचित गरिएको छ । उनले यसअघि पनि अध्यक्षको पदमा रहँदै सहकारीको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

सर्वसम्मतिले दोस्रो पटक अध्यक्ष निर्वाचित भएका रामजी साहले आफ्ना कार्यकालका अनुभव र योजना प्रस्तुत गर्दै संस्थाको आर्थिक वृद्धि र कर्जा लगानीलाई विशेष प्राथमिकतामा राखेर सहकारीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले भने, “मलाई फेरि एक पटक यो गरिमामय पदमा विश्वास गरेर जिम्मेवारी सुम्पिएकोमा म सबै शेयर सदस्य, शेयरधनी र पदाधिकारीहरूप्रति आभारी छु ।

अब सहकारीको पूँजीगत वृद्धिका लागि थप पहल गर्नेछु ।“ नव निर्वाचित कार्यसमितिमा उपाध्यक्ष पदमा नागेन्द्र राउत, कोषाध्यक्षमा पंकज कुमार जैसवाल र सचिवमा भुवनेश्वर साहलाई चयन गरिएका छन् । अन्य सात सदस्यहरू पनि सर्वसम्मतिले चयन भएका छन्, जसमा रामभरोस प्रसाद यादब, कुमरकान्त साह, बिनोद राय यादब, नरेश कुमार राउत, महिला तर्फ माला देवी, बिना देवी र मिना देवीलाई सदस्य पदमा चयन गरिएको नव निर्वाचित अध्यक्ष साहले जानकारी दिनु भएका छन । वहाँले भने कि निर्वाचित पदाअधिकारी सहित सदस्यहरु सहकारीको विकास र भविष्यमा थप योगदान दिने जोश र जाँगर देखिएको छ ।

अध्यक्ष साहका अनुसार, नयाँ कार्यसमिति सहकारीको नियम र नीति अनुसार सदस्यहरूको हकहितको संरक्षण गर्दै आर्थिक गतिविधिलाई अझ सुदृढ बनाउने कार्यमा जुट्ने छ । साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका पूँजीगत वृद्धि, सदस्यहरूको संलग्नता, कर्जा लगानी र फिर्तीको स्थिति, तथा आगामी योजनाहरूमा ध्यान केन्द्रित गरिएको थियो । अध्यक्ष साहले विशेष रूपमा सहकारीको सुदृढ आर्थिक स्थिति र भविष्यका योजनाहरू बारे जानकारी गराएका थिए ।

साधारण सभामा उपस्थित शेयरधनीहरूबाट नयाँ योजनाहरूको स्वागत गरिएको थियो भने सहकारीको सुदृढिकरणका लागि आवश्यक सुझावहरू पनि प्रस्तुत गरिएका थिए । कार्यक्रममा मेयर प्रत्याशि बृजकिशोर यादब,राम भरोस यादब, रामकृष्णा चौधरी, शिक्षा मन्त्रालयको पुर्व सचिव राम प्रबेश यादब, बिधायक प्रत्याशि संन्तोष साह, छोटेलाल पटेल , ईलाका प्रहरी कार्यालय गरुडाका प्रतिनिधि लाल प्रसाद गुप्ता, शिक्षक लक्ष्मण साह , संचारकर्मि लगायत सयकडौं मानिसहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles