रौतहटको गढीमाईमा नेपाली कांग्रेसलाई ठुलो झट्का , युवा नेता संदेश यादव जसपामा प्रवेश

प्रदिप कुमार दास, रौतहट ।

कार्तिक ०२ गते,शुक्रबार ।

रौतहट जिल्लाको गढीमाई नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले आयोजना गरेको भव्य शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमले जिल्लाका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई ठूलो झट्का दिएको छ। यस कार्यक्रममा विभिन्न पार्टीका सयौं कार्यकर्ताहरूले आफ्नो पुरानो पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन्, जसले गढीमाई क्षेत्रमा जसपा नेपालको राजनीतिक हैसियतलाई मजबुत बनाएको छ।

विशेषगरी, नेपाली कांग्रेस पार्टीका लागि यो कार्यक्रम ठूलो धक्का सावित भएको छ। नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवका आफ्नै काकाका छोरा सन्देश कुमार यादवले नेपाली कांग्रेस परित्याग गरी करिब १५० कार्यकर्तासहित जसपा नेपालमा प्रवेश गरेका छन्। सन्देश यादव जो गढीमाई नगरपालिका-८, बिरनगरा निवासी हुन्, स्थानीय राजनीतिमा प्रभावशाली युवा नेता मानिन्छन्। उनी आगामी मंसिरमा हुने उप-निर्वाचनमा वडाध्यक्ष पदको उम्मेदवार बन्ने सम्भावना रहेको छ, जसको नाम झन्डै-झन्डै घोषणा भइसकेको छ।

पार्टी प्रवेशको यस विशेष कार्यक्रममा जसपा नेपालका पूर्वमन्त्री योगेन्द्र यादव, विधायक अब्दुल कलाम अजाद र जसपा रौतहट जिल्ला कार्यसमितिका अध्यक्ष श्याम बिहारी यादवको उपस्थिति रहेको थियो। नवप्रवेशी कार्यकर्ताहरूलाई फुलमाला, टीका र दोसाला ओढाएर सम्मानपूर्वक स्वागत गरिएको थियो। कार्यक्रममा जसपा नेपालको गढीमाई नगर कमिटीले जनतासँग प्रत्यक्ष सम्पर्कमा रही आधारभूत संगठन निर्माणको योजना अघि सारेको छ।

कार्यक्रमको क्रममा नेका, नेकपा एमाले र नेकपा माओवादी पार्टीका कार्यकर्ताहरू ठूलो संख्यामा जसपा नेपालमा प्रवेश गरेका छन्। विशेषगरी, गढीमाई नगरपालिका-८ बिरनगराका युवा नेता सन्देश यादवको नेतृत्वमा ३०० जना कार्यकर्ताहरू जसपा नेपालमा प्रवेश गरेका हुन्। गजेन्द्र यादव, सर्वजित राम र योगेन्द्र यादवको संयुक्त नेतृत्वमा भएको यस पार्टी प्रवेशले गढीमाई क्षेत्रमा जसपा नेपालको संगठनात्मक शक्ति उल्लेखनीय रूपमा विस्तार गरेको छ।

ताजा समाचार

Related Articles