रानी सह
रौतहट ,१४ कात्तिक/ मौलापुर नगरपालिकाले निशुल्क बिधुत कार्यक्रम अन्तर्गत कात्तिक र मंसिर महिनाको घरायसी तथा कृषि मिटर गरि पैंतीस लाख रकम बराबरको चेक नेपाल बिधुत प्राधिकरण मौलापुर बितरण केन्द्रका प्रतिनिधि अनिल कुमार साहलाई हस्तान्तरण गरेको छ । मौलापुर नगरपालिकाकी नगरप्रमुख रीना कुमारी साहको निर्देशनमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु प्रसाद साहले आज चेक हस्तान्तरण गर्नु भएको हो। शुन्यकर नीति अपनाएको मौलापुर नगरपालिकाले नगरभरीका जनताको घरायसी तथा कृषि मिटरको बिधुत महसुल तिरिदिएर जनतालाइ ठूलो राहत दिदैं आएको छ, मौलापुर नगरपालिकाको यो कार्यको चारै तिर प्रशंसाा हुँदै आएको छ । देशै भरिमा मौलापुर नगपालिका मात्र येस्तो नगरपालिका हो जस्ले जनता बाट कुनै पनि कर लिदैन। मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहले पहिलो स्थानिय तहको चुनाब जितेर आए देखि नै जनतालाइ पुर्ण राहत दिने उदेश्यले निशुल्क बिधुत महशुल कार्यक्रम लागू गर्दै आउनु भएको थियो जुन कार्यक्रम निरन्तर चलिरहेको छ र यो कार्यक्रम जनताका बिचमा लोकप्रीय छ ।