रौतहट गढिटोलमा एसिया महादेशकै सबैभन्दा पहिलो ठूलो महागढीमाईको श्री पञ्चवर्षिय मेला महोत्सव – २०८१ को भव्य उद्घाटन 

प्रदीप कुमार दास, रौतहट।

मङ्सीर २० गते,बिहीबार ।

रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ९, रघुनाथपुर गढिटोलमा अवस्थित एसिया महादेशकै सबैभन्दा पुरानो र पहिलो ठूलो महागढीमाईको श्री पञ्चवर्षिय मेला २०८१ को भव्य उद्घाटन समारोह सम्पन्न भएको छ ।

यस मेलाको उद्घाटन वडाध्यक्ष राजेश सहनीको अध्यक्षतामा र विशिष्ट अतिथि वृन्दावन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष जगरनाथ प्रसाद पालको आतिथ्यतामा गरिएको थियो । उद्घाटन समारोहको अवसरमा वडाध्यक्ष राजेश सहनी र वडाध्यक्ष जगरनाथ प्रसाद पालले संयुक्त रुपमा रिबन काटेर मेलाको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा जसपा नेता कौशल खान मिथिला, युवा समाजसेवी मोहन यादव, मेलाध्यक्ष वैद्यनाथ सहनी, राम एकवाल महतो, पुजारी राम नरेश सहनी, युवा समाजसेवी देवी भाई सहनी, युवा नेता शेख सलाहुदिन, सिकिन्द्र सहनी लगायत विभिन्न पार्टीका नेता कार्यकर्ता, भद्रभलादमी, बुद्धिजीवी, शिक्षक, प्रशासनिक अधिकारी र स्थानीय पत्रकारहरूको उपस्थिती रहेको थियो ।

राष्ट्रिय दलित पत्रकार संघ रौतहट जिल्ला शाखाका कोषाध्यक्ष प्रदीप कुमार दास, गोपाल महरा र पूजा कुमारी पनि कार्यक्रममा उपस्थित थिए । कार्यक्रमको सञ्चालन बुद्धिजीवी र समाजसेवी विद्यानन्द प्रसाद झाले गरेका थिए ।

यो मेला पुर्ख्यौली निरन्तर लाग्दै आएको हो, जसमा विभिन्न खेलकुद, नाचगान, खानपान र मनोरञ्जनका विभिन्न व्यवस्था गरिएको छ । मेला समितिले सम्पूर्ण धर्मप्रेमीलाई मेलामा उपस्थित भई गढीमाई माताको दर्शन गरेर पुण्य कमाउन  विनम्र अनुरोध गरेको छ ।

मेला समितिका अध्यक्षले मेलामा सहभागी सबैलाई मेला अवलोकन गरी यसको शोभा बढाउन पनि आग्रह गरेका छन् । यस मेलाले स्थानिय स्तरमा सांस्कृतिक एकता र धार्मिक सद्भावको प्रगति गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

ताजा समाचार

Related Articles