रौतहटको गरुडा नगरपालिका-५ मा शुक्रबारदेखि नि: शुल्क आँखा स्क्रीनिङ्ग क्याम्प सञ्चालन

प्रदीप दास, रौतहट ।

पौष २६ गते, शुक्रबार।

रौतहटको गरुडा नगरपालिका-५ महम्मदपुर हेल्थपोस्ट, शिवनगरमा शुक्रबारदेखि निशुल्क आँखा स्क्रीनिङ्ग क्याम्प सञ्चालन भएको छ। गरुडा नगरपालिका र नेपाली सेनाको सहकार्यमा सञ्चालित यो स्वास्थ्य शिविरले स्थानीय बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

नगरप्रमुख कन्थमनी प्रसाद जयसवाल र वडा अध्यक्ष रामबिनोद साहले संयुक्त रुपमा उक्त शिविरको अनुगमन गर्दै यसको प्रभावकारिता र व्यवस्थापनबारे जानकारी लिएका छन्। नगरप्रमुख जयसवालले शिविरले स्थानीय बासिन्दाको आँखा सम्बन्धी समस्या समाधान गर्न ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनले स्थानीय नागरिकलाई आँखा सम्बन्धी जुनसुकै समस्या भएमा स्वास्थ्य शिविरमा आएर चेकजाँच गराउन आग्रह गरेका छन्।

मध्यपूर्वी पृतना हेडक्वाटरको मार्ग निर्देशनमा श्री न.२८ बाहिनी अड्डाको पहल र तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा सञ्चालन भएको यो शिविरमा शनिबारदेखि सोमबारसम्म मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया समेत गरिने जानकारी नेपाली सेनाले दिएको छ।

शिविरको मुख्य उद्देश्य गरुडा नगरपालिका क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारको पहुँचमा ल्याउनु रहेको छ। यस शिविरले विशेषगरी गरिब तथा विपन्न वर्गका नागरिकलाई लाभ पुर्‍याउने विश्वास गरिएको छ। स्थानीय बासिन्दाहरुले यस शिविरलाई अत्यन्त सकारात्मक रुपमा लिएका छन्।

ताजा समाचार

Related Articles