प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम कार्यसूचीबाट नहटाए बहिस्कार गर्ने सांसद साहको चेतावनी 

रानी साह

७ चैत, रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद  प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम  बहिस्कार गर्ने चेतावनी दिएका छन्। उनले  प्रतिनिधिसभाको कार्यसूचीबाट हटाउन माग गर्दै नहटाए बहिस्कार गर्ने बताएका हुन्। 

आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम राखिएको छ । उनले उक्त कार्यसूची तत्काल हटाउन माग गरेका हुन्। 

मैले अस्ति सोधेको प्रश्नको जवाफ सम्माननीय प्रधानमन्त्रीले दिनुभएन । यसरी सवाल प्रभु साहको होइन, प्रश्नोत्तर कार्यक्रमको हो । सम्माननीय सभामुखको गरिमाको हो । नियमावली र प्रावधानको हो त्यसैले यो कार्यक्रम कार्यसूचीबाट हटाउन आग्रह गर्छु । यदि हटाइएन भने म बहिष्कार गर्ने जानकारी गराउन चाहन्छु ।’

उनले आक्रोश प्रकट गर्दै भने,’ सांसदले सोधेको प्रश्नको जवाफ नै नदिएको औचित्यहीन कार्यक्रम कार्यसूचीबाट हटाइयोस् भन्न ध्यानाकर्षण गर्न चाहन्छ।,’ 

उनले अघिल्लो प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएकोले यस्ता कार्यक्रमको औचित्य सकिएको  यसअघि नै बताएका थिए। 

ताजा समाचार

Related Articles