दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

८ चैत, रौतहट । सिराहाको औरही गाउँपालिका–५ मा दीपक मरिक डोमको घर भत्काएको अभियोगमा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको छ ।

सामाजिक सन्जाल देखि लिएर आज संसदका दुबै सदनमा निजहरुलाइ पक्रेर कार्बाही गर्न चर्को माग उठे पछि पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यलयका प्रमुख डीआइजी लालमणि आचार्यले बताउनु भयो

आचार्यका अनुसा पक्राउ गरेर उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको छ ।


पीडितबाट जाहेरी आए उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने डीआईजी आचार्यले बताउनु भयो ।

सोधपुछका लागि दुवै जनालाई सम्पर्क गरेर जिल्ला प्रहरी कार्यालयमा आउन भनिएको थियो ।

उनीहरू जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आए पछि त्यहीं नियन्त्रणमा राखिएको छ ।पीडितले जाहेरी दिएको खण्डमा उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइने’ डीआईजी आचार्यले बताउनु भयो ।

आगामी चैत १७ गतेबाट हुने विष्णु महायज्ञको लागि दीपक मरिक (डोम)को घर गत फागुन १० गते भत्काएका थिए ।







ताजा समाचार

Related Articles