बृन्दावन नगरपालिकाद्वारा दुई स्वास्थ्यकर्मीलाई सम्मानपूर्वक बिदाई

प्रदीप कुमार दास, रौतहट ।

वैशाख ०१ गते, सोमबार ।

बृन्दावन नगरपालिका स्वास्थ्य शाखामा लामो समय सेवा पु‍र्‍याएका विष्णु प्रसाद ढुँगेल र बिरेन्द्र साह तेलीलाई नगरपालिकाले एक औपचारिक कार्यक्रममार्फत सम्मानपूर्वक बिदाई गरेको छ ।

अनिवार्य अवकाश प्राप्त गरेका दुबै कर्मचारीले तीन दशकभन्दा बढी स्वास्थ्य सेवा क्षेत्रमा समर्पित रहेर काम गरेका थिए । ढुँगेल वडा नं. ७ स्थित सखुआवा धमौरा स्वास्थ्य संस्थामा कार्यरत थिए भने तेली वडा नं. ८ बिर्तास्थित स्वास्थ्य चौकीमा सेवामा थिए ।

नगरप्रमुख विनोद प्रसाद कुर्मीले उनीहरुको योगदानप्रति आभार व्यक्त गर्दै सुखद अवकाश जीवनको शुभकामना दिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले खादा, माला, टीका, सम्मानपत्र र उपहारसहित बिदाई गरे ।

स्वास्थ्य शाखा प्रमुख रासनारायण पटेल र अन्य वक्ताहरूले भावुक स्मृतिसहित शुभकामना व्यक्त गरे । यस बिदाई कार्यक्रमले नगरपालिकाले आफ्ना कर्मचारीप्रति देखाउने सम्मान र कदरको भावना झल्काएको छ।

ताजा समाचार

Related Articles