रौतहटमा चट्याङ लागेर एक वृद्धको मृत्यु


प्रदीप सम्राट, रौतहट ।

आषाढ ०१ गते, आईतवार ।

रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ।

घरअगाडि बाँधिएको बाख्रा खोल्ने क्रममा अन्दाजी ६५ वर्षीय सियाराम वनियालाई आइतबार बिहान करिब ८:१५ बजे चट्याङ लागेको थियो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो, तर बिहान १० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

ताजा समाचार

Related Articles